उद्देश्य सहित संघीय र प्रादेशिक निर्वाचनमा तालमेल गरौं : थापा

साउन ५ः नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताएका छन् ।

फाईल तस्विर

नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले तालमेल के का लागि गर्ने भन्ने विषयमा पहिले नै टुङ्गो लगाउनुपर्नेमा जोड दिए । महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको समेत बताए ।

निर्वाचनअघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए।