मेरो फोटो जोडेर ट्रोल गर्नेको भान्सा सस्तो होस् : प्रदीप ज्ञवाली

साउन ५ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महँगीको विषयमा आफूले बोलेको विषयलाई विषयान्तर गरेर ट्रोल बनाइएकोमा गुनासो गरेका छन् ।

घरमा खाना खादै गरेको आफ्नो फोटोलाई लिएर ट्रोल बनाउनेको भान्सा सस्तो होस् भन्ने उनले शुभकामना बोलेका छन्।गत हप्ता देखि सामाजिक संजालमा निरन्तर रुपमा ज्ञवालीले फरक फरक परिकार सहित खाना खादै गरेको तस्विर चर्चामा रहेको छ ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा ज्ञवालीले मूल्यवृद्धिबारे बोल्दा सत्तापक्षका कार्यकर्ताबाट आफू ट्रोल बन्नु परेको गुनासो गरेका हुन् ।

यसअघि एमालेको उपभोक्ता हित विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले आफ्नो भान्सामा दुई थरी तरकारी पाक्न छाडेको बताएका थिए । सो विषयलाई लिएर सामाजिक सञ्जालमा ज्ञवालीप्रति कटाक्ष गरिएको थियो ।