रवि लामिछानेसँग चुनाव लड्ने पत्रकार खेम भण्डारीको घोषणा

पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै आफूले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट भण्डारीले रविले चुनाव लड्ने ठाउँमा आफ्नाे पनि उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो । नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ’, भण्डारीले फेसबुकमा लेखेका छन् ।

उनले निर्मला हत्या प्रकरणमा लामिछानेले गलत भूमिका खेलेको आरोप लगाउँदै त्यसलाई नै चुनावी एजेन्डा बनाउने पनि बताएका छन् ।