गौर हत्याकाण्ड विरुद्धको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं, जेठ २२ । गौर हत्याकाण्डविरुद्ध दायर रिटमा आज (सोमवार) सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

गौर हत्याका दोषी विरुद्ध कारबाहीको माग गर्दै आइतवार सर्बोच्चमा रिट निवेदन परेको थियो । सोही रिटमा आज सुनुवाई हुँदैछ । १६ वर्षअघि रौतहटको सदरमुकाम गौरस्थित रंगेलीमा तत्कालिन नेकपा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा २९ माओवादी कार्यकर्ताको निर्मम हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदा छानबिन नभएको भन्दै पीडितकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र रौतहट प्रहरीलगायतलाई विपक्षी बनाएर सर्वोच्चमै रिट दर्ता गरेका हुन् ।

रिटमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायतलाई कारबाहीको माग गरिएको छ ।