आज संसद् दिवस मनाइँदै

काठमाडौं, असार १६ । नेपालमा संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा आज ६५औँ संसद् दिवस मनाइँदै छ ।

वि.सं. २०१६ मा आजकै दिन नेपालको पहिलो ‘संसद्’ को बैठक बसेको थियो । संघिय संसद् भवन, नयाँ बानेश्वरमा आज एक कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालको पहिलो संसद्को पहिलो बैठक राति ११ बजेर ४५ मिनेटमा बोलाइएको भएपनि सभा मध्यरात १२ बजे सिंहदरबारको ग्यालरी बैठकमा बसेको थियो । त्यसदिन प्रतिनिधिसभाका १ सय ९ मध्ये १ सय ६ जनाले सपथ ग्रहण गरेका थिए ।

२०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभा र राष्ट्रियसभा गरी संसद को पुनः स्थापना भएको थियोे । नेपालको अन्तरिम संविधान, २०६३ मा भने संसद् लाई ‘व्यवस्थापिका–संसद्’ भनियो भने २०७२ को संविधान पछि प्रतिनिधिसभा र राष्ट्रियसभा लाई ‘संघिय संसद्’ भन्न थालिएको छ ।