सरकारले विकास निर्माणमा गति लिन सकेन : अध्यक्ष नेपाल

काठमाडौँ, असार १६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाअनुसार विकास निर्माणको कामले गति लिन नसकेको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा ६५ औं संसद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले सरकारले जनताको अपेक्षा अनुसार विकासमा गति नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘जनताको अपेक्षाअनुसार विकास निर्माणको कामले गति लिन सकेको छैन् । शासन प्रसासन चल्न सकेको छैन भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनु पर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ । जनताको प्रतिनिधिको हैसियतले सांसदहरूले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’

उनले देशमा स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरु एकतावद्ध भई अगाडि बढनु पर्ने उनको भनाई छ ।

अध्यक्ष नेपालले वर्षमा एक दिन संसद दिवस मनाएर मात्र नहुने भन्दै संसदको गरिमा जोगाउन विभिन्न कार्यक्रम हुनुपर्ने बताए ।