काठमाडौं, असार २६ । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडान भरेको हेलिकोप्टर मंगलबार विहान १० बजेदेखि सम्पर्कविहीन भएको हो ।
उक्त हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु रहेका छन् ।
त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हेलिकोप्टर सम्पर्कविहीन भएको पुष्टि गरे ।
उनले भने, ‘हेलिकप्टर सम्पर्कविहीन भएको छ थप विवरण आउने क्रममै छ ।’
मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकोप्टर आज बिहान १० बजेर १ मिनेटपछि टावरको सम्पर्कमा आएको छैन् ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।


















