प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनिहरुले स्वर्गिय दाहालको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

आज नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरूले पनि बालुवाटार पुगेर श्रद्धान्जलि अर्पण गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि आज र भोलि बिहान ८ः०० देखि १० बजेसम्म र अपराह्न ४ः०० देखि साँझ ६ः०० बजेसम्मका लागि समय निर्धारण गरेको थियो ।