कांग्रेस, एमाले र माओवादीका नेता घुम्न जाँदा मान्छे तर्सिन्छन् : कांग्रेस नेता पौडेल

काठमाडौं, साउन ९ । नेपाली कांग्रेस नेता रघुनाथ पौडेलले, कांग्रेस, एमाले र माओवादीका नेतादेखि जनता तर्सिन थालेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ४१औं बीपी स्मृती सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठी कार्यक्रममा तनहु पूर्व सभापतिसमते रहेका नेता पौडेलले अहिले कांग्रेस, एमाले र माओवादीका नेता घुम्न जाँदासमेत मान्छे तर्सिन थालेको टिप्पणी गरेका हुन् ।

उनले भने ‘अहिले कांग्रेस एमाले र माओवादीका नेता घुम्न जाँदा मान्छे तर्सिन्छन् । अहिलेका नेताबाट दुर्गन्ध आउन थाल्यो । भ्रष्टाचार, नातावाद, कृपावाद, र परिवारवादको दृर्गन्ध आउन थाल्यो । र नेपाली जनता पुराना पार्टीबाट विर्कषित भएका छन् । ’

उनले अव यो पार्टीहरु आकर्षणको बाटोमा लाग्नको लागि नेपालीहरुको मर्म बुझेर उनिहरुको लागि काम गर्नु पर्ने बताएका छन् ।