काठमाडौं -प्रतिक जोशी जो पछिल्ला छ वर्षदेखि लण्डनमा बसोबास गर्दै आएका थिए। एउटा सफ्टवेयर पेशाकर्मीका रूपमा, उनले आफ्नी पत्नी र भारतमा रहेका आफ्ना तीन साना छोराछोरीका लागि विदेशमा राम्रो भविष्य बनाउने सपना लामो समयदेखि देखिरहेका थिए।
वर्षौंको योजना, कागजी प्रक्रिया र धैर्यपछिको त्यो सपना अब पूरा हुँदै थियो। भर्खर दुई दिनअघि मात्र उनकी पत्नी, डा. कोमी व्यास, जो एक चिकित्सा पेशाकर्मी थिइन्, उनले भारतमा रहेको आफ्नो जागिर राजीनामा दिएकी थिइन्। झोलाहरू प्याक गरिसकेका थिए, विदाई भइसकेको थियो, भविष्य पर्खिरहेको थियो।
सबै पाँचजना आशा, उत्साह र योजनाले भरिएका मन लिएर लन्डन जानका लागि एयर इन्डिया फ्लाइट १७१ चढे। सेल्फी खिचे, आफन्तहरूलाई पठाए। नयाँ जीवन सुरु गर्ने एकतर्फी यात्रा।तर उनीहरू कहिल्यै पुगेनन्। जहाज दु’र्घटनाग्रस्त भयो। कुनै पनि ज्यान जोगिएन।