भोटेकोशी बाढीमा परी ५४७ जनाको मृत्यु

भोटेकोशी बाढीमा परी कम्तीमा ५४७ जनाको मृत्यु भएको छ। हालसम्म ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकाको अस्पतालहरुमा उपचाररत र उपचारपछि डिस्चार्ज भएका घाइतेहरुको संख्या ९४ रहेको प्रहरीले जनाएको छ

रसुवाबाट १३, धादिङबाट ४०, गोरखाबाट ४४, नवलपरासी (पूर्व) बाट १३४, नुवाकोटबाट ३८, चितवनबाट २२१, तनहुँबाट २९ र नवलपरासी (पश्चिम) बाट २८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, एक हजार ४७३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। जसमा रसुवाबाट ५७२, नुवाकोटबाट ८२८ र  धादिङबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।