साउन १०ः संविधानविद् भीमार्जुन आचार्यले नेपालमा नेतृत्व गर्नेहरू शासक दुनियाँमा कही नभएको टिप्पणी गरेका छन्।
देशको अर्थतन्त्र गिर्दो अवस्थामा सरकार विदेशीलाई नागरिकता बाँड्न केन्द्रित भएको आरोप लगाएका हुन्। देशको बजेटभन्दा बढी व्यापार घाटा र वैदेशिक ऋण भएको उल्लेख गरेका छन्।
आचार्यले आफ्नो फेसबुकमा लामो स्ट्याटस लेख्दै भनेका छन्,‘उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरी विदेशीलाई नागरिकता बाँड्न केन्द्रित छ ।
शायद यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्रविरोधी शासक दुनियाँमा अब बाँकी छैनन् होला।’ उनले अब अति भइसकेकाले नेपालीहरु एकजुट भएर जाग्नुपर्ने बताए।
उनको स्टाट्स यस्तो छ ।
आर्थिक वर्ष ०७८र०७९ मा हामीले बिभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेट भन्दा बढीको सामान आयात गरेका रहेछौ । जसमध्ये भारतबाट मात्र १२ खर्ब भन्दा बढीको सामान आयात गरिएको रहेछ। यसबाट भारतसॅग मात्र हाम्रो ब्यापार घाटा साढे १० खर्ब जतिको छ। देशको बजेट भन्दा बढी ब्यापार घाटा र वैदेशिक ऋण हाम्रो छ । आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिन्छ। संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहिकतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र बर्षेनी ३ खर्ब जतिकोछ। देशको हालत यस्तो छ । तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारण सम्म पनि हुंदैन। उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरि विदेशीलाई नागरिकता बाड्न केन्द्रित छ। शायद् यो हदसम्मका नलायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियॅामा अब बॅाकी छैनन होला । कोही बॅाकी रहेका पनि हालसालै भागीसके। हामी नेपाली अब जागौं , अति भयो ,


















