सैन्य गठबन्धनमा कहिल्यै पनि सहभागी हुनु हुदैन : गगन थापा

साउन १३ : सांसद गगन थापाले कुनैपनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुन नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद थापाले कुनैपनि सैन्य गठबन्धनमा आज मात्रै होइन कहिल्यै पनि सहभागी हुन नहुने बताएका हुन् ।

उनले भने, ‘कुनैपनि सैन्य गठबन्धनमा आज मात्रै सहभागी हुने होइन । भविष्यमा पनि कहील्यै सहभागी हुँदैनौं । कुनैपनि स्वरुपको सैन्य गठबन्धनमा सहभागी हुँदैनौं । चाहे भारतले गरेको होस् चाहे अमेरिकाले गरेको होस् ।’

नेपाल सरकारको बुझाइ यो भन्दा फरक छ भन्दै माननीय मन्त्रीज्यूलाई सोध्न चाहन्छु भन्दै थापाले प्रश्न गरे। उनले भार( चीन) अमेरिकालगायतका सम्पूर्ण देशहरुसँग मित्रवत सम्बन्ध राख्नुपर्ने बताए ।