साउन १८ः राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ ।

बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ ।
राप्रपाले गत १ असारमा विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको संघर्षमा होमिएको छ । यसअघि राप्रपाले १३–३१ असारसम्म पहिलो चरणको संघर्ष गरेको थियो ।


















