चुनाव मितितय भएसंगै गठबन्धनको पहिलो बैठक बालुवाटारमा जारी

साउन २०ः ५ दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पाँच दलका शीर्ष नेतासहित अन्य नेताहरु पनि सहभागी छन् ।

चुनावको मिति घोषणा पछि सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । गठबन्धन दलबीच आगामी निर्वाचनमा तालमेल गर्ने सहमत भए पनि सिट बाडफाँटको विषयमा भने टुंगो लागिसकेको छैन ।

५ दलीय सत्ता गठबन्धन चुनावसम्म मात्रै लैजाने वा त्यो भन्दा अगाडि नै बेग्रगर्ने बारे गहिरो छलफल भएको छ, गठबन्धनको बैठक पश्चात नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजैराती जापान जाने भएका छन् ।