नेकपा (माओवादी केन्द्र)ले आज पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ। यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो।
केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।
प्रवक्ता महराका अनुसार बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन। अन्य कमिटीहरुले पनि पूर्णता पाउन सकेको छैन।


















