गण्डकीका नयाँ सांसदको आज शपथ

काठमाडौं । गण्डकी प्रदेश सभामा नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । ६० जना सांसदमध्ये ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बस्यालले आज शपथग्रहण गराउनेछन् ।

प्रदेशसभा सचिवालयले दिउँसो १ बजे शपथग्रहणको कार्यक्रम तय गरेको छ । नयाँ सांसदहरूको स्वागतमा प्रदेश सभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ । प्रदेश सभा भवनको गेट अगाडि रातो कार्पेट ओछ्याइएको छ ।