मंसिर १६ काठमाडौंः कोरोना भाईरस विरुद्धको विभिन्न खोप मध्ये नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना नामक खोप आउने भएको छ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार भोलि अर्थात (शुक्रबार) १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको बताएको छ ।
महाशाखाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत उक्त खोप नेपाल आउने भएको हो।
मोडर्ना खोप कसलाई लगाउने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन। यद्यपि खोप १२ देखि १८ वर्ष उमेरका किशोर किशोरीलाई लगाउन सुझाव दिइएको छ।
यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ।


















