काठमाडौं । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबन्डाको टुंगो लगाएको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आज(मंगलबार) नै नयाँ मन्त्री नियुक्त हुनेछन् । नयाँ मन्त्रीहरूको शपथ पनि मंगलबार नै हुने उनले बताए।
शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ ।
नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।

















