विशेष अदालतको फैसला चित्त नबुझेपछि चार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । विशेष अदालतले विभिन्न मितिमा गरेका फैसला उपर चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियार घुस सम्बन्धी विभिन्न चार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेर पुनरावेदन गरिएको हो ।

गत असार ३० गते शोभिता साहविरुद्धको मुद्दामा भएको फैसला, गत जेठ १८ गते सुशील बुढाथोकी र ज्ञानबहादुर कार्कीविरुद्धको मुद्दामा भएको फैसला,

गत असार १० गते राम नरेश पासवानविरुद्धको मुद्दामा भएको फैसला र पर्वत पौडेलविरुद्धको मुद्दामा गत साउन १२ गते भएको फैसला चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।

पछिल्लो समय अख्तियारले यस्तै धेरै मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिरहेको छ ।