नवनिर्वाचित सांसद रवि र स्वर्णिमले लिए शपथ

काठमाडौं, १५ वैशाख । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित  दुई जनाले शुुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्रबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने, स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुुवाएका हुन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् । बारा-२ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ  लिन बाँकी  छ ।