संखुवासभाको भोटखोला गाउँपालिकाको गोलामा हेलिकप्टर दुर्घटना

काठमाडौं,२२ बैशाख । संखुवासभाको गोला भन्ने ठाउँमा हेलिकप्टर दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार भोटखोला गाउँपालिकाको गोला भन्ने ठाउँमा हेलिकप्टर दुर्घटनामा परेको हो ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएपनि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीेले भने दुर्घटनाको पुष्टि हुन बाँकी रहेको बताए ।
‘आफुहरु घटनाको विस्तृत विवरण लिन प्रयासरत छौ ’प्रजिअ कार्कीले बताए ।