प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं, जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री दाहाल र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशका आपसी हित, दुई देशको चासोका विविध विषयमा छलफल भएको थियो । दुई नेताबीच ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।