काठमाडौं, जेठ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियता र देशको इज्जत के हो भन्ने सिकाउनु पर्ने बेला आएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको प्रजातान्त्रिक भूतपूर्व सैनिक प्रथम महाधिवेशनमा प्रवक्ता शाहीले देशको माटो, भूमि र देशप्रेम के हो भनेर सिकाउनु पर्ने बेला आएको बताए ।
उनले भने ‘ देशमा नवजवानहरु विदेसिएका छन् । तर राज्य लुटिरहेका छन् । देशलाई बलात्कार गरिरहेका छन् । नेपाल आमा राईरहेकी छिन् । हातमा हतियार बोकेका सैनिकहरु मुकदर्शक भएर हेरिरहेका छन् । अब हामी यो सब हेरेर बस्न सक्दैनौं। सिकाउनु प¥यो राष्ट्रियता के हो ? यो देशको ईज्जत के हो ? देशको माटो,भूमि र प्रेम के हो भनेर सिकाउनु पर्छ । आज हाम्रो देशका दाजुभाईहरु एक ठाउँबाट अर्को ठाउँ जाँदा गर्ने व्यवहार फरक भएको छ । ’


















