काठमाडौं, जेठ २८ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा गएको भन्दै प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले मन्त्री परिषद्का सम्पूर्ण सदस्य हुल बाँधेर धार्मिक स्थलमा जाँदा राजनीतिक हुने र प्रश्न उठ्ने बताएका छन् ।
‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन । त्यो उसको निजी आस्थाको कुरा हो,’ उनले फेसकुकमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ!’ ।
उनले प्रचण्डलाई तत्कालिन सास्कृतिक क्रान्तिको नारा समेत सम्झाएका छन् । उनले लेखेका छन् ‘नयाँ ‘सांस्कृतिक क्रान्ति’ र ‘सांस्कृतिक नक्सा’??
प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित हिजो पशुपतिनाथको मन्दिर पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयले भने हिजोको भ्रमण अवलोकनका लागि मात्रै भएको बताएका छन् ।

















