रवि लामिछाने र ज्ञानेन्द्र शाहले एउटा समुदायलाई लक्षित गरेर राजनीति गरे : अध्यक्ष साफी

काठमाडौं, असार ८ । नागरिकताविहीन संघर्ष समितिको अध्यक्ष इन्द्रजित साफीले नागरिकता विधेयकको विषयलाई राजनीतिक दलहरुले खाने भाँडो बनाएको बताएका छन् ।

शुक्रबार नागरिकताविहीन संघर्ष समितिले पत्रकार सम्मेन गर्दै राजनीतिक दलहरुले खाने भाँडो बनाएको भन्दै नागरिकता विधेयकलाई सर्वोच्च अदालत र राष्ट्रपतिले प्रमाणिकरण गरेर खोसेको बताए ।

उनले भने, नागरिकता विधेयकलाई राजनीतिक दलहरुले खाने भाँडो, भोट माग्ने मुद्दा र राजनीतिक मुद्दा मात्रै बनाएको थियो । हामीले त्यो भाँडो खोसिसकेको छौ । यो नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर रामचन्द्र पौडेलले र सर्वोच्च अदालतले देशको कानून संविधान बचाएको छ । यदि पुरानो विधेयक प्रमाणीकरण नगरेको भए देशको कानूनमाथि नै प्रहार भईसकेको थियो । ’

उनले स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका ज्ञानेन्द्र शाहलाई इंगित गर्दै युवाहरुमा एउटा समुदायलाई लक्षित गरेर राजनीति गर्ने प्रवृत्ति बढेको बताए ।
अध्यक्ष साफीले ज्ञानेन्द्र शाहीले जति नै कराए, भुके पनि अब राजतन्त्र यो देशमा नआउँने दावी गरे ।

उनले भने, कुनै एउटा समुदायलाई लक्षित गरेर, राजनीति गर्ने काम अहिलेका युवाहरुले गरिरहेका छन् उनीहरुलाई सावधान गर्न चाहान्छु । र, ज्ञानेन्द्र शाहीलाई विशेषगरि भन्न चाहान्छु जति नै कराए, भुके पनि अब राजतन्त्र आउँदैन् । संघीयताको सरकारमा गएर राजतन्त्रको वकालत गर्नेलाई म भन्न चाहान्छु – राजतन्त्र आउँदैन् । ’

यसको साथै उनले विचौलिया प्रयोग गरेर कुनै विदेशीले नागरिकता लिने प्रयास गर्छ भने त्यसको विरोधमा सबैभन्दा अगाडि उभिने दाबी पनि गरे ।