सरकार गठनको ६ महिनामा देश आर्थिक अन्यौलबाट माथि उठेको प्रधानमन्त्रीको दाबी

काठमाडौं, असार १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफ्नो सरकारले ६ महिनामा धेरै उपलब्धिमूलक काम गरेको दाबी गरेका छन् ।

प्रतिनिधि सभामा आज बुधवार उनले आफू नेतृत्वमा सरकार गठन भएको ६ महिना पुरा भएको र त्यसमा धेरै उपलब्धि हासिल भएको दाबी गरेका हुन् ।

उनले आफूले प्रधानमन्त्रीको रुपमा देशको बागडोर सम्हाल्दा मूलुक आर्थिक संकटको अवस्थामा रहेको भएपनि अहिले आर्थिक सुधारको बाटोमा उन्मुख भएको र राहदानी निर्माण, राष्ट्रिय परिचय पत्रलगायतमा देखिएका समस्या समाधान भएको दाबी गरे ।

‘राहादानी लिन त्यस्तै सकस थ्यो । विचौलीयालाई हजारौं तिरेर र हप्तौं लाईन बसेर ठुलो प्रतिक्षा पछि मात्र राहदानी हात पथ्र्यो । अहिले राहादानी विभाग अगाडी भिड छैन । आवेदन दिन कुनै विचौलीया चाहिँदैन् । ’ उनले भने ‘आफनै मोवाईलबाट निवेदन दिन सकिन्छ । पछिल्ला ७ महिनामा मात्र १८ लाख ४ सय ३१ विद्युतीय राहदानी विररण भएको छ । राष्ट्रिय परिचय पत्रमा पनि ठुलो सुधार आएको छ ।’

त्यस्तै उनले श्रीलंकाको जस्तो गम्भिर अर्थिक संकटतर्फ उन्मुख मुलुकको अर्थतन्त्रले अहिले राम्रो लय समातेको उनको दाबी छ । ‘हामीले सरकार सम्हाल्दा गम्भिर प्रकारका आर्थिक समस्या थियो । एउटा भाष्य बनेको थियो आम रूपमा । नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो ।’ उनले भने ‘यो भाष्य वौद्धिकवर्गमा मात्र सीमित थिएन । आम नागरिकसम्म पनि पुगेको थियो । टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रीलंकाको तस्बिरले सिंगो देशलाई आशंकित पारेको थियो । एक हदसम्म त्रसित बनाएको थियो । जतिसुकै निराशावादी पनि श्रीलंकाको दुस्वप्नबाट जागिसकेको छ।’

उनले आफूले विश्वासको मत माग्दा नै हरेक पटक रिपोर्टकार्डका साथ उपस्थित हुने बाचा गरेको भन्दै सांसदले उठाएका सबै प्रश्नको जवाफ दिने बताए । उनले भने ‘ मेरो नेतृत्वमा सरकार गठन भएको ६ महिना पुरा भएको छ । ६ महिनालाई सरकारको समिक्षाको अवधि मान्ने प्रचलन त नेपालमा छैन । मैले विश्वासको मत माग्दैगर्दा हरेक पटक रिपोर्ट कार्डका साथ उपस्थिती हुने भनेर भनेको थिँए । र आज त्यही बाचा अनुसार सांदहरुले उठायको प्रश्नको जवाफ दिन्छु ।’