दुषित मनशाय राखेर प्रधानमन्त्री दाहालको भ्रामक प्रचारबाजी : माओवादी केन्द्र

काठमाडौं, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिबारे माओवादी केन्द्रले खण्डन गरेको छ । प्रधानमन्त्री दाहालले भ्रष्टाचार र जनताका पक्षमा सञ्चालन गरेको अभियान रोक्नलाई नियोजित रुपमा संकुचित राजनीतिक मानसिकता भएकाले प्रष्टीकरण दिने मौका समेत नदिई प्रधानमन्त्रीको राजीनामा माग गरिएको भन्दै खण्डन गरेको छ ।

पार्टीको उपाध्यक्ष एवम् प्रवक्ता कृष्ण बहादु महराद्वारा जारी विज्ञप्तिमा प्रचण्डको अभिव्यक्तिलाई अपव्याख्या गरि राजनीतिक आडमा स्वार्थ पूरा गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।’

उक्त विज्ञप्तिमा प्रधानमन्त्री दाहाल र प्रितम सिंहको पारिवारिक सम्बन्ध घनिष्ट र भावनात्मक रहेको कारण पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसंगवश उक्त अभिव्यक्ति दिएको स्पष्टोक्ति छ । तर, भावनात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गरि राजीनामा मागिनु निरर्थक भएको उल्लेख गरिएको छ ।

‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘धमीलो पानीमा माछा मार्न खोज्ने’ ‘के निउ पाउँ, कनिका बुनाउँ’ भन्ने जस्ता भ्रामक र दुरासययुक्त प्रचारवाजीमा उत्रीएर गरीएका हर्कतहरुप्रती पार्टीले घोर भत्सना गर्दछ र राष्टीयता जनतन्त्र जनजीविकाको पक्षमा दृढतापुर्वक उभिन सम्पुर्ण पार्टीपंक्ति र जनसमुदायमा अपील गर्दछ । विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, संकुचित राजनीतिक मानसिकताले प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको अपमान भएको पार्टीको आरोप छ ।