इजरायलमा अलपत्र विद्यार्थीहरूलाई स्वदेश ल्याउँन : परराष्ट्रमन्त्री गए इजराइल

 

काठमाडौं, असोज २५ । इजरायलमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ ।

असोज २० गते प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण समस्यामा परेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् ।

मन्त्रालयको कार्यतालिका अनुसार विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने जनाएको छ ।

निगमको एयरबस ३३० जहाज स्थानीय समयअनुसार आज बिहान ९ः१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

आक्रमणको क्रममा १० नेपालीले ज्यान गुमाएका थिए ।