दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, कार्तिक ५ गते । सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल तथा योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।