उपनिर्वाचनः ३३ स्थानको मतपरिणाम सार्वजनिक, कहाँ कसले मारे बाजी ? (सूची)

काठमाडाैं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ।

नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ।

नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक—एक स्थानमा जित हासिल गरेका छन्।

कांग्रेसले जितेका स्थान

तेह्रथुमको लालीगुराँस नगरपालिका—८ मा नगेन्द्र लिम्बू निर्वाचित

सुनसरीको गढी गाउँपालिका—६ मा तेतर साहु निर्वाचित

रौतहटको ईश्नाथ नगरपालिका—७ मा शेख अब्दुल खलिक निर्वाचित

रौतहटको राजपुर नगरपालिका—६ मा समसे आलम निर्वाचित

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ को मा इच्छाकुमार महर्जन निर्वाचित

हेटौंडा—१२ को वडाध्यक्षमा अर्जुनप्रसाद तिवारी निर्वाचित

गुल्मीको मुसिकोट–१ मा आनन्द श्रेष्ठ निर्वाचित

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा भुपमणि पुन मगर निर्वाचित

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा अमिन थारू निर्वाचित

जाजरकोटको कुशे गाउँपालिका—७ मा खम्बबहादुर सिंह्र निर्वाचित

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका—५ मा मोतीराम खत्री निर्वाचित

बझाङको सूर्मा गाउँपालिका—४ मा धिरेन्द्र पुजारा निर्वाचित

डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा मोहन थापा निर्वाचित

दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ मा धनसिंह कुँवर निर्वाचित

कञ्चनपुरको भीमदत्त नगरपालिका—६ मा प्रकाश चन्द निर्वाचित

एमालेले जितेको स्थान

ताप्लेजुङको सिरिजंघा—३ मा कुमारी सावादेन निर्वाचित

ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा गंगाबहादुर तामाङ निर्वाचित

महोत्तरीको रामगोपालपुर नगरपालिका—२ मा सकिवुल खाँ निर्वाचित

कपिलवस्तुको शुद्धोधन गाउँपालिका—१ मा मोहमत ताहिर मुसलमान निर्वाचित

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा लालबहादुर शाही निर्वाचित

दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही निर्वाचित

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुलोचना भण्डारी निर्वाचित

माओवादीले जितेकाे स्थान

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ नवीनकुमार बान्तवा राई निर्वाचित

धनुषाको धनुषाधाम नगरपालिका—१ मा सुनील कापर केवट निर्वाचित

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा कृष्ण घिमिरे निर्वाचित

गोरखा नगरपालिका—५ मा विष्णुबहादुर मगर निर्वाचित

रोल्पाको पुथा उत्तरगंगा—२ मा जगत घर्ती निर्वाचित

जसपाले जितेका स्थान

सप्तरी डाक्नेश्वरी वडा नम्बर १ मा धिरेन्द्रकुमार शाह निर्वाचित

डाक्नेश्वरीकै वडा नम्बर ४ मा देवेन्द्रप्रसाद यादव निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि खोल्यो खाता

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष रोजिना श्रेष्ठ निर्वाचित

एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले जिते एकएक ठाउँ जिते

रौतहटको गढीमाई नगरपालिका—८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित भए। उनले ६ सय ५५ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६ सय ३१ मत ल्याइन्।

कालीकोटको तिलागुफा नगरपालिका—४ मा नेपाल मजदुर किसान पार्टीले जित हात पार्‍यो। त्यहाँ नेमकिपा खड्गराज शाहीलाई १ सय ४३ मत ल्याएर अध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीले १ सय १५ मत ल्याइन्।

झापाको कन्काई नगरपालिका—६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३५६ मत ल्याए।