राष्ट्रपति रामचन्द्र पौडेलले रविन्द्र ढांटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

काठमाडौ -भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गर्न राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले देशलाई विश्वमा चिनाउने खेल क्षेत्रको विकास र खेलाडीको सम्मानमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए। ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्,’ उनले भने।

यस अवसरमा राष्ट्रपति पौडेलले ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले आफ्नो खेल कौशल, सामर्थ्य र समर्पणले उपाधि जित्नु सबै नेपालीका लागि गौरवको विषय भएको बताए।

उनले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, ‘खेल क्षेत्रको विकासमा सरकार र सम्बन्धित निकायहरू आगामी दिनमा अझ प्रभावकारी ढंगले क्रियाशील हुने विश्वास लिएको छु।’

राष्ट्रपति पौडेलले ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीहरूको भविष्य खेल क्षेत्रभित्रै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्।