लायन्स क्लवद्वारा निःशुल्क खानेपानी वितरण

दमौली : नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा लायन्स क्लबद्वारा निःशुल्क खानेपानी वितरण गरेको छ । व्यास –३ अनसन चौतारी खुल्ला मैदान दमौलीमा आयोजित तिजगित प्रतियोगिता मेलामा आउने सर्वसाधारणका लागि निःशुल्क खानेपानी वितरण गरेको हो ।

 

दमौलीको अनसन चौतारीमा तिजको अवसरमा खुल्ला तिज गित प्रतियोगिता भएको र ठूलो भीड हुने भएकाले तिर्खाएका सर्वसाधारणलाई सहजता पु¥याउने उद्देश्यले खानेपानी वितरण गरिएको क्लबले जनाएको छ ।

 

यस्ता सेवामूलक कार्यले सर्वसाधारणहरुको सकारात्मक प्रतिक्रिया पाईएको छ, क्लबले यस्ता सामाजिक उत्तरदायित्व कार्यहरूमा सक्रिय रहँदै आएको र आगामी दिनमा पनि निरन्तर गरि राख्ने लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष वसन्त जिसिले जनाए । अध्यक्ष जिसिले उपस्थित सम्पुर्ण लायन्स लिडरहरु प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।