काठमाडौ -सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार पार्टीका सांसदहरूसँग छलफल भएको छ ।
दलको नेता चयनको जिम्मेवारी पाएका निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले आजबाट नेता चयन प्रकृया शुरू भएको जानकारी दिए ।
रसाइलीका अनुसार भोलि दलको नेतामा आकांक्षा राख्ने सांसदहरूसँग छलफल गर्ने तयारी छ ।
आकांक्षा राख्ने नेताहरू बस्नुहुन्छ । उहाँहरूसँग भोलि हामी निर्वाचन समिति र शीर्ष नेताहरू पनि बस्नुहुन्छ,’ उनले भने, ‘तपाईंहरूले जो-जो नाम लेख्दै हुनुहुन्छ उहाँहरूनै उम्मेदवार हो।’
उनले सहमतिको प्रयास गरिने र नभए भोलिबाट निर्वाचन प्रकृया प्रारम्भ हुने जानकारी दिए ।


















