सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेको छ । सोमबार करिब १ अंकले घटेको नेप्से मंगलबार करिब साढे ५ अंकले घटेर बन्द भएको हो ।
सो दिन कारोबारमा आएका मध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको मूल्य घट्यो । तर, सो दिन १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
मंगलबार कुल ४५ हजार ५ सय १९ पटकको कारोबारमा ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको हो ।
सोमबार कुल ४३ हजार ३ सय ९ पटकको कारोबारमा ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, वित्त कम्पनी, लघुवित्त र निर्जीवन बिमाको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपनि समग्र नेप्से साढे ५ अंकले ऋणात्मक अवस्थामा बन्द भएको छ ।
















