१३औं म्युजिक खबर म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न, सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सम्मान

केपि कुमार जलन

‘१३औं म्युजिक खबर म्युजिक अवार्ड’ कार्यक्रम भव्य, मर्यादित र सुसंस्कृत वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली संगीत क्षेत्रका विभिन्न विधाका स्रष्टा, सर्जक तथा कलाकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त समारोहले सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थपेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, शुभेच्छा र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण व्यक्ति, संस्था तथा शुभचिन्तकप्रति आयोजक म्युजिक खबर परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति सम्माननीय परमानन्द झा ज्युले आफ्नो उपस्थितिबाट समारोहलाई गरिमामय बनाउनुभएको थियो। साथै नेपाली सांगीतिक क्षेत्रका शिष्ट तथा विशिष्ट व्यक्तित्वहरू, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, सल्लाहकारहरू, जूरी मण्डलका सदस्यहरू तथा सम्पूर्ण संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकले स्पोन्सर टिमको सहयोग, मिडियाकर्मीहरूको प्रभावकारी समाचार सम्प्रेषण तथा कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने सबै पक्षप्रति विशेष आभार व्यक्त गरेको छ।
कार्यक्रममा सम्मानित तथा अवार्ड प्राप्त गर्ने सम्पूर्ण स्रष्टा र सिर्जनालाई बधाई दिँदै आयोजकले उनीहरूको योगदानले नेपाली संगीत क्षेत्र अझ समृद्ध बन्ने विश्वास व्यक्त गरेको छ।
समारोहका सम्पूर्ण तस्बिरहरू म्युजिक खबरको आधिकारिक पेजमा उपलब्ध गराइने समेत जानकारी दिइएको छ।