२५ साउन, काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर पक्ष र सरकारी टोलीबीच काठमाडौंमा वार्ता सुरु भएको छ।
केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका पीडित पक्षसँग सरकारले उनीहरूका माग सम्बोधन गर्ने उद्देश्यले औपचारिक छलफल थालेको हो। वार्तामा आन्दोलनरत पक्षका रमेश सेन्चुरी, पुनमकुमारी महतो, बिमला गजमेर, जोगेन्द्र यादव, दामोदर ढकाल र सुरेश घिमिरेलगायत सहभागी छन्।
सरकार र आन्दोलनरत पक्षबीचको वार्ताबाट लघुवित्त तथा वित्तीय समस्याबाट प्रभावित पीडितका माग सम्बोधन गर्ने विषयमा समाधान खोज्ने प्रयास भइरहेको छ।


















