निसा सुनारको ‘झ्याप छौ कि साइँलो दाइ’ बजारमा

केपि कुमार जलन
काठमाडौं । गायिका तथा सर्जक निसा सुनारको नयाँ गीत ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक भएको छ। निसा सुनारको प्रस्तुतिमा रहेको गीतमा खेम सेन्चुरी र निसा सुनारको स्वर रहेको छ।
गीतमा खेम सेन्चुरीकै संगीत तथा थेगो रहेको छ भने रमेश बीजीको शब्द रहेको छ। एरेन्ज तथा म्युजिक मास्टर एचबीएन किस्मतले गरेका छन्। गीतलाई टिडीबी एचडीमार्फत रेकर्ड गरिएको हो भने रेकर्डिस्ट कुमार विश्वकर्मा रहेका छन्।

गीतको भिडियोमा उषा उप्रेती र नाजिर हुसेनको आकर्षक अभिनय देख्न सकिन्छ। सुनील बीकेको निर्देशनमा तयार भएको भिडियोमा लक्ष्मण पाण्डेको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको छ।
भिडियो निर्माणमा ज्योति केसी, दिपेन गौतम, अनिल के. मानन्धर, हरि अधिकारी, रोशन विश्वकर्मा लगायतका कलाकार तथा प्राविधिक टोलीको योगदान रहेको छ।

मौलिक लोकसंगीतको स्वाद र मनोरञ्जनात्मक प्रस्तुति समेटिएको ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक भएसँगै गीतले दर्शक–स्रोताको ध्यान खिच्न थालेको छ। निसा सुनारले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप अगाडि बढाएकी छन्।