काठमाडौं, २३ भदौ । जेनजी शहीदहरूको सम्झनामा आज देशभर ‘जेनजी शहीद दिवस’ मनाइएको छ। नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री, सांसद तथा शहीद परिवार सहभागी भए।
कार्यक्रममा शहीद परिवारले आफ्ना प्रियजनको सम्झनामा दीप प्रज्वलन तथा माल्यार्पण गरेका थिए। कार्यक्रममा सहभागी अधिकांश आफन्त भावुक बनेका थिए।
सरकारले २३ भदौलाई जेनजी शहीद दिवस घोषणा गर्दै सार्वजनिक बिदासमेत दिइएको छ। २३ र २४ भदौकाे प्रदर्शनमा सुरक्षाकर्मी तथा प्रदर्शनकारी सहित ७६ जनाको मृत्यु भएको थियो।


















