काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै चालिसेले उपसभापतिमा उम्मेदवारी दिने बताएका हुन्।
उनले गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि आफू पार्टीको प्रवक्ता बनेको र अब उपसभापति बन्ने चाहना रहेको बताए।
चालिसेले आफू यसअघि १४औँ महाधिवेशनमा सहमहामन्त्री पदको उम्मेदवार बनेको स्मरण गर्दै यसपटक उपसभापतिमा प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।
‘मैले उपसभापतिमा उम्मेदवारी दिने हो,’ उनले भने, ‘प्रवक्ता भइसकेपछि उपसभापति हुने मेरो चाहना छ। महाधिवेशन प्रतिनिधिहरूले मेरो चाहना पूरा गरिदिनुहुनेछ भन्ने विश्वास छ।’
कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा जारी छ। आजदेखि नयाँ केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्दैछ।



















