फागुन १०ः केहि समय यता रैथाने शिल्पकला विश्वविद्यालय स्थापना सम्बन्धी छलफल हुदै आएको विषयले अब भने मुर्त रुप लिएको छ ।
मानव सभ्यताको विकासक्रममा विभिन्न रैथाने जाति र समुदायहरूले विभिन्न किसिमका सीप, कला र कौशलको विकास तथा मानव संस्कृतिको निर्माण गरी आजको आधुनिक युगसम्म ल्याउन महत्त्वपूर्ण योगदान पु(याउँदै आएको कुरा स्मरण गर्दै रैथाने शिल्पकला विश्वविद्यालय स्थापना गर्ने सोच पलाएको डा. मान बहादुर विश्वकर्माको भनाई छ ।

आधुनिकता सँगसँगै भूमण्डलीकरणका कारण यस्ता वैदिक ज्ञान तथा रैथाने सीप, कलारकौशल र संस्कृति ओझेलमा पर्दै गएका छन् । यससँगै नैतिक मूल्य र मान्यताहरूका साथै मानवतामा नै ह्रास हुँदै गएको कुरा स्मरण गर्दै हालसम्म कुनै शैक्षिक संस्थाहरू यसको खोज, अध्ययन, अनुसन्धान मार्फत संरक्षण र संवर्धन गर्न तदारुकताका साथ लाग्न नसकेको उहाँको भनाई छ ।
२०७८ भाद्र ३० गते यस विषयका जानकार व्यक्तित्वहरूको उपस्थितिमा भएको छलफलबाट यो विषयलाई अगाडि बढाउन नेपाल सरकारका पूर्व सचिव तथा हाल प्रध्यापन कार्यमा संलग्न डा.मान वहादुर बीकेको संयोजकत्वमा एक तैयारी समिति गठन गरी प्रा.डा.विध्यानाथ कोइराला, प्रा.डा. गोविन्द टण्डन, डा. द्रोण प्रकास रसाली, डा.गोपाल दहित, डा. महाविर पुन, डा.मदन परियार, डा. उत्तम गौली, डा.पासाङ डोल्मा शेर्पा लगायतका व्यक्तित्वहरू सल्लाहकार रहने व्यवस्था गरिएको छ।

उक्त समितिले विभिन्न चरणमा विषयविज्ञहरु संग छलफल गरी राष्ट्रिय संस्कृति नीति, २०६७ तथा राष्ट्रिय शिक्षा नीति २०७६ मा व्यवस्था भए अनुसार रैथाने शिल्पकला तथा संस्कृति विश्वविध्यालय स्थापना सम्वन्धमा तयार गरेको आशयपत्र र प्रस्ताव शिक्षा मन्त्री मा देवेन्द्र पौडेल, संस्कृति मन्त्री मा. प्रेम बहादुर आले, युवा तथा खेलकुद मन्त्री मा.महेश्वर जंग गहतराज, राज्य मन्त्री मा.उमेश श्रेष्ठ, शिक्षा राज्य मन्त्री मा.बोधमाया कुमारी यादव र मुख्य सचिव श्री शंकर दास बैरागीलाई हस्तान्तरण गरिएकोछ।

नेपाल सरकारले नीतिगत रूपमा उद्घोष गरिसकेको विषय भएकोले प्रस्तुत गरिएको आशयपत्र अनुसार विश्वविध्यालय स्थापनाको प्रक्रिया संवन्धित निकायबाट अगाडि बडाइने आश्वासन प्राप्त भएकोछ। प्रस्तावित ‘रैथाने शिल्पकला तथा संस्कृति विश्वविध्यालय हिमाल, पहाड र तराई मधेशमा रहेका विभिन्न जातजाति र समुदायहरुको रैथाने सीप, मौलिक ज्ञान र संस्कृतिको संवर्धन गरी नेपालको मौलिक पहिचानलाई अन्तराष्ट्रियरुपमा अभिवृध्दि गर्दै मुलुकलाई मानवीय नैतिक मूल्य मान्यतासहित समृध्द र आत्मनिर्भर बनाउने महत्वपूर्ण शैक्षिक संस्था हुने विश्वास गरिएको बताईको छ ।











