कोरोना संक्रमण: देशभर थपिए ४७६ संक्रमित, ३ जनाको मृत्यु

फागुन १०ः  पछिल्लो केही महिना यता नेपालमा कोरोनाभाइरसको संक्रमण घट्दै गैरहेको छ , भयावह बनेको अवस्थाबाट अहिले भने सामान्य अवस्थामा पुगेको हो ।  नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४७६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ९ हजार ४२४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ८३१ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ ।

कोरोनाका कारण आज ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म ११ हजार ९२८ पुगेको छ ।

आज देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।