पल शाहलाई आज थप अनुसन्धानको निमिक्त म्याद थप गरिँदै

फागुन २२ः जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ ।

पल शाह (पूर्णविक्रम शाह) फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले जानकारि दिएका छन् ।

१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

सामाजिक संजालमा भने पल र समिक्षको पक्ष विपक्षमा मत बाझिएको छ, कलाकारहरु नै मौन बनेको यस घटनामा अहिले आएर भने केहि महिला कलाकारहरुले पलशाह माथी कानुनी कार्वाही गर्नुपर्ने भन्दै सामाजिक संजालमा लेखिरहेका छन ।