फागुन २२: नाबालिग गायिकालाई बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले प्रहरीलाई अनुमति दिएको छ।
यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय माग गरेको थियो। बलात्कारको उजुरी परेको केही दिनपछि १५ फागुनमा पल आफैं तनहुँ प्रहरीमा पुगेका थिए।
शाहले १७ वर्षीया गायिकामाथि पटकपटक बलात्कार गरेको पीडित पक्षको आरोप छ। गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाइएको छ।
तनहुँ प्रहरीचौकि आसपसामा भने अभिनेता पलको समर्थकले तत्काल रिहा गर्न भन्दै प्रत्येक दिनजसो प्रदर्शन गरेका छन,पलका समर्थकले पललाई फसाउने खेल भएको भन्दै रिहाईको माग सहित नारा जुलुस गरेका हुन ।









