लुक्ला विमानस्थल नजिकै आगलागी,आगो निभाउन काठमाडौंबाट हेलिकप्टर जाँदै

फागुन २३ः सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा आगलागी भएको छ ।

पासाङ ल्हामु गाउँपालिका (२ नाक्चुङको जङ्गलमा गएरातिदेखि सुरु भएको आगो भिरमा प्रवेश गरेको हो ।

सो आगो निभाउनका लागि काठमाडौंबाट हेलिकप्टर जाने भएको हो । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको जङ्गलमा लागेको निभाउन सीम्रिक एअरको हेलिकप्टर काठमाडौंबाट उडेको बताइएको छ ।

सीम्रिक एयरसँग मात्रै दमकलसहितको हेलिकप्टर भएकाले हेलिकप्टर पठाइएको हो । आगलागीका कारण धुवाँले विमानस्थलको धावनमार्ग ढाक्दा बिहान झण्डै १ घण्टा उडान तथा अवतरण नै ठप्प भएको छ ।

बिहानै देखि लागेको आगो नियन्त्रणमा नआउदा त्यहाँको जनजिवन अस्तब्यस्त बनेको हो, एअरपोर्ट आसमासमा धुवाको मुस्लोको कारण आन्तरिक तथा बाह्य पर्यटक लाई समस्या सृजना भएको हो ।