अर्को सूचना नआएसम्म लाइसेन्सका लागि नयाँ आवेदन बन्द

फागुन ३०ः भोलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  का लागि नयाँ आवेदन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले आज सोमवार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ।