चैत्र ४: पश्चिम् बागलुङको तमानखोला गा.पा. ४ लाम्मेला आधारभुत स्वास्थ सेवा केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत सरिता सुनार आफ्नै सहकर्मी बाट ठगीमा परेकी छन् ।
स्वास्थ्य इकाइमा अनमीका रुपमा कार्यरत (परिवर्तित नाम)निशा बुढा राणाले कार्यालय सहयोगी सरिता सुनारको खातामा रहेको पैसा मोबाइल बैंकिङ मार्फत लुकि छिपी आफ्नो खातामा ट्रान्सफर गर्दै ठगी गरेका हुन १
विगत २ वर्ष देखि संगै काम गर्दै आएकी स्वास्थकर्मी (परिवर्तित नाम) निशाले अफिस समयमा मोबाइल मागी रहने , युट्युव हेर्छु , सिरियल हेर्छु लगायत बहानामा मोबाइल मागेपनी आफुले भने कुनै निशा माथी कुनै शंका नगरेको नराखेको सरिताको भनाइ छ ।

निशाले करिव १ महिनाको अवधीमा ३० हजार रुपैयाँ ठगी गरेका हुन् १ निशाले २०७८- ११-२२ गतेका दिन ५ हजारको दरले एकै दिन तीन पटक गरेर १५ हजार ठगी गरेका छन भने त्यसपछि लगत्तै सोही महिनाको-२५ गते ५ हजार २६ गते ५ हजार र चैत १ गते ५ हजार गरेर तीस हजार ठगी गरेका हुन् ।
निशाले रिचार्ज स्वरुप मात्रै पटकपटक बिना जानकारी ८ सय रुपैया ट्रान्सफर गरेका छन् । ठगीमा परेका सरिताले चैत १ गते ट्रान्सफर गरेको रकमको म्यासेज आएपछि मात्रै आफू ठगीमा परेको जानकारी पाएकी हुन् ।
आफ्नो खाताबाट रकम बाहिरीएको म्यासेज आएपछि तत्काल बैंकलाई सूचना गरेपछी सहकर्मीकै खातामा रकम ट्रान्सफर भएको जानकारी पाएकी हुन् १ त्यो भन्दा अगाडि निशाले आफ्नो खातामा रकम ट्रान्सफर गरेपछि मोबाइलमा आउने म्यासेज तत्काल डिलेट गर्ने गरेकोले आफु ठगीमा परेको कुरा आफैं जानकार नरहेको सरिता बताउछन् १ निशाले रकम ठगी गरेको कुरा स्वीकार नगरेपनि बैंकले नाम किटान गरेर उहाको खातामा रकम ट्रान्सफर भएको छ् भन्ने जानकारी गराएपछि मात्रै परिवर्तित नाम निशाले आफुले ५ हजार पठाएको स्वीकार गर्दै आफ्नो बदनाम नगरिदिन अनुरोध गर्दै तत्काल उक्त ५ हजार फिर्ता गरेकी हुन् ।

बोङ्गादोभान स्थित प्रभु बैंकमा रहेको आफ्नो खाता बाट पटकपटक गर्दै ३० हजार निशाले ठगी गरेको भएपनी ५ हजार बाहेक स्वीकार गर्न नचाहेको कारण आफुले बैंक स्टेट्मेन्ट निकालेर पालीकामा उजुरी गरेको सुनारले बताए ।
पीडित बनेकी सरिताले त्यो भन्दा पहिले पनि निशालाई बिश्वास गर्दै पटकपटक आर्थिक कारोबार गर्दै आएकी थिइन् ।
सरिताले चैत्र २ गते गा.पा.को कार्यालयमा स्वास्थ संयोजक तिलक छन्त्याललाई भेट गरि आफू आफ्नै स्वास्थकर्मीबाट ठगीमा परेको वृतान्त सुनाउदै निशा विरुद्ध उजुरी गरेकी छिन , सरिताको अनुसार आफुले ब्यक्ति माथी नभएर प्रबृत्ति माथी जाहेरी सन्दर्भटूडे संग बताएकी छिन् ।


















