यातायात विभागले सूचना सच्यायो ,भोलि विहान ६ बजेसम्मका लागि सेवा बन्द

चैत्र ९ : यातायात व्यवस्था विभागले आफ्नो सूचना सच्याएको छ ।

बुधबार दिउँसो देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा अनिश्चितका लागि बन्द रहने सूचना सार्वजनिक गरेको विभागले दोश्रो सूचना जारि गर्दै आज अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ ।

सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले सेवा अबरुद्ध रहने बताएको छ । संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख छ ।