चैत्र १३ः जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय भएको छ ।

निर्वाचन आयोगले उक्त २ करोड मतपत्र छपाई गर्न जनक शिक्षा सामग्री केन्द्रलाई दिने निर्णय गरेको हो ।
आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनका अनुसार यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएको छ ।
हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पुर्याइने र सुगम क्षेत्रमा पुऱ्याउनका अलि पछि छापिने उनले बताए । केन्द्रलाई आगामी बैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको छ ।


















