हामी हारे पनि स्ववियु चुनाब हुनु पर्छ अनेरास्ववियु अध्यक्ष: सुनिता बराल

चैत २३ः  चैत १८ र १९ गते एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको पहिलो केन्द्रिय कमिटिको बैठक सम्पन्न भएको छ । प्रस्तुत कुराकानी सोही बैठकको वरिपरि रहेर अखिल केन्द्रिय कमिटि सदस्य किरण बिक संग गरिएको हो ।

अखिलको पहिलो केन्द्रिय कमिटि बैठक कस्तो रह्यो  ?

एकदम सफल रह्यो । जिल्ला जिल्ला बाट कमरेडहरु आएकोले  चिनापर्ची र हार्दिकता साटासाट पनि भयो ।  ४ पटक मेसमै खाना खाएकोले बडो कमरेडली बातावरण भयो ।  नेता र कार्यकर्ता बिच गहन गहिरो सम्बन्ध भयो ।

मुद्दाको रुपमा कस्तो रह्यो ?

म त्यसमै आउदै थिए ।  अध्यक्ष कमरेड सुनिता बरालले ऐतिहासिक राजनीतिक दस्ताबेज प्रस्तुत गर्नु भयो ।  दस्ताबेजले हालको राजनीतिक अवस्थाको व्याख्या गर्दछ भने कसरी निकास तर्फ़ जाने भन्ने बारे पनि बोल्दछ ।   दस्ताबेज अघिल्लो दिन बाडेर अर्को दिन छलफल तथा सुझावमा गएको थियो । अध्यक्ष कमरेड लेखक पनि भएकोले होला दस्ताबेज गहन थियो । त्यो एउटा मार्गदर्शनको रुपमा रहन्छ पनि ।  सुझावहरु पनि आएका थिए ।  अध्यक्ष कमरेडले त्यसको जावाफ दिए संगै त्यो पारित भएको छ । सांगठानिक प्रतिबेदन पनि महासचिव कमरेड समिक बडालले पेस गर्नु भयो ।  आर्थिक प्रतिबेदन पनि छलफल सहित पास भयो ।

 विद्यार्थीका मुद्दामा छलफल भएन ?

भयो नि ।  विद्यार्थी संगठनको राजनीतिक सांगठानिक प्रतिबेदन भनेको के हो त विद्यार्थी मुद्दा त हो ।  बरु एउटा महत्वपुर्ण कुरा के भने हाम्रो अध्यक्ष कमरेड सुनिता बराल ‘ अनेरास्ववियु हारे पनि स्ववियु चुनाव हुनु पर्छ ‘ भन्नु भयो ।  मलाइ लाग्छ यो जो कोहिले ओपन फोरममा भन्न सक्ने कुरा होइन ।  यसै बाट पनि अखिल बिद्यार्थीका मुद्दामा कति संबेदनशील छ भन्ने प्रष्ट छ ।  उसो त निरन्तर र धेरै जसो ठाउँमा अखिलले नै जित्छ ।  त्यसकारण आवधिक चुनाव हुनु नै अनेरास्ववियुले जित्नु हो ।  मुद्दा नै जिते पछि क्याम्पस जित्ने कुरा त स्वभाविक नै हो नि । 

त्यसो भए केले रोकेको छ त स्ववियु चुनाव  ?

तत्काल त स्थानिय चुनावले रोकेको छ ।  यो प्राक्टिकल कुरा हो ।  सबैको ध्यान यसमै छ । तर पहिले केले रोक्यो पहिले पनि नेविसंघको आन्तरिक झगडा र क्रान्तिकारीहरुको आन्तरिक झगडाका कारण रोकिएको हो ।  यसले उनीहरुलाई नै  बढी घाटा भएको छ ।  स्ववियु जति आवधिक भयो हामी बिद्यार्थी संगठनलाइ फाइदा हुने हो ।  यसमा सत्तारुढ संगठनले सोच्नु पर्ने कुरा हो ।  अहिले झन उनीहरु कम्फ़र्टेबल सिचुएसनमा छन गरे हुन्छ नि । हेर्नुस एउटा कुरा के प्रष्ट छ भने कहिले कसको सिट बढी आउला कहिले कसको तर स्ववियु चुनाव सबैलाई फाइदा हुने कुरा हो ।

नजिकै चुनाव रहेकोले अखिलको तयारी के छ  ?

सर्टकटमा भन्दा एक बुथ सय विद्यार्थीको निर्देशन आएको छ ।  त्यसैको तयारीमा छौं ।  काठमान्डूमा रहेको विद्यार्थीलाई चुनावी एजेन्ट बनाएर पठाउन प्रसिक्षण पनि भैरहेको  छ ।  विद्यार्थीहरु  बौद्धिक हुने हुनाले  एमालेको एजेण्डाको प्रचार प्रसार रचनात्मक तरिकाले गरिदैछ भने ओली सरकारमा भएका बिकासको कामको बारेमा जनतालाइ बुझाउदै आइएको छ ।  पाइयो के भने जनता पहिले नै ओली सरकारको काम बारे सुसुचित रहेछन । 

अखिल बाट कोको स्थानिय तहको चुनाव लडलान त ?

एमाले बाट मोर्चा इञ्चार्ज कमरेड भानुभक्त ढकालले सके सम्म स्थानीय तहमा सेट हुन भन्नु भएको छ । धेरै जसो बिद्यार्थी नेताहरु पार्टी राजनीतिमा पनि भएकोले स्थानिय तहमा पनि चुनाव लड्ने अत निश्चितै छ ।  धेरैको तयारी छ भन्ने सुनेको छु  तर ठ्याक्कै खुलेर को को आए थाहा छैन ।  मैले सरसर्ती हेर्दा अखिल पदाधिकारी लिष्ट बाट कोहि चुनाव लडलान जस्तो चाही देख्दिन ।

 अखिलको अध्यक्ष सुनिता बराल पनि स्थानीय तहको चुनाव लड्ने भनेर ओली संग भेटघाट बढाएको चर्चा  छ नि ?

हो र तेस्तो पनि हल्ला छ ।  यो त मैले यहीं मात्र सुने ।  उसो त स्थानिय तहको अध्यक्ष उपाध्यक्ष वा मेयर उपमेयरलाइ कम आक्न मिल्दैन ।  हाल तिनीहरु पनि सरकार हुन संविधान अनुसार ।  एउटा महत्वपुर्ण संगठनको अध्यक्ष भएकोले उहाँ देश दौडाहामा लाग्नु हुन्छ होला । एमाले अध्यक्ष ओली संग भेट त हुने हुने नै भयो नि ।  दुवै आ-आफ्नो संगठनको अध्यक्ष हुन ।  दुबैजना जिल्लाबासी भएकोले कहिले काहीं जिल्लाका कार्यकर्ताको भेट पनि गराइदिनु पर्ने हुन्छ ।  बिकासका काम र मुद्दा लेर गैराख्न पर्ने हुन्छ ।  

मोति कमरेडले भने अनुसार कहिले काहीं सचिवालयले पनि मिलाउन नसकेको भेट कमरेड सुनिता बरालले गराउनु हुन्छ अनि ओली कमरेडले सुनिता कमरेडलाइ विश्वास पनि गर्नु हुन्छ  र त्यसै अनुसारको समय पनि दिनु हुन्छ । जहाँ सम्म चुनाव लड्ने कुरा छ कमरेड सुनिता बरालको हाइट त अब सांसद बन्ने नै हो ।  अखिलको अध्यक्ष पनि सांसद हुने नै चलन छ।  त्यसै हुन्छ होला ।  आखिर एमाले नै ठुलो पार्टी हुदैछ ।  कमरेड सुनिता बराल राम्रो बक्ता र चर्चित नेता भएकोले कतिपय मोफसलका कार्यक्रममा पार्टीले बोलाएर उहाँ ओली संगै कार्यक्रममा जानुहुन्छ  । त्यसैलाई भनेको होला ।  यो त नियमित सांगठानिक काम हो ।  टिकेट लिन सुनिता कमरेडले भेट बढाई राख्न पर्दैन ।